काठमाडौं । भेटवार्ता नभएको एक साता हुनै लाग्दा नेकपाका अध्यक्षद्वयबीच छलफल भएको छ ।
सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ६ दिनपछि छलफल भएको हो ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई अध्यक्षबीचको भेटवार्ता जारी छ ।
यसअघि गत साता चार दिन लगातार ओली प्रचण्डबीच छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन ।
पार्टी स्थायी समिति बैठक साउन २ गतेसम्मलाई स्थगित गरेर नेताहरु छलफलमा जुटेपनि ठोस निष्कर्ष ननिस्किएको हो ।
यसबीचमा अध्यक्ष प्रचण्ड चितवन पुगेर कुनै हालतमा पनि एकता टुट्न नदिने अभिव्यक्ति दिएका छन् ।