नेपालमा पहिलोपटक सांसदलाई कोरोनाभाइस संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ३०, मंगलवार
  • nepaltale.com

सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

सोमबार पिसिआर परीक्षण गर्दा उनका कोरोना संक्रमण देखिएको प्रदेश सभाले जनाएको छ।। कोरोना देखिएसँगै उनलाई आइसोलेसनमा राखिएको छ ।

उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सभामुख राजबहादुर शााहीका अनुसार एक जना सांसदमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका सांसद तथा अन्य व्यक्तिको ट्रेसिङ भइरहेको छ ।