नेकपा बैठक ३ बजेसम्मका लागि स्थगित

  • प्रकाशित मिति : २०७७ श्रावण २, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक केही घन्टा पर सरेको छ ।

शुक्रवार(आज) विहान ११ बजेका लागि बोलाइएको बैठकका लागि धेरै जसो नेता बालुवाटार पुगेको भएपनि बैठक ४ घन्टा पर धकेलिएको हो ।



प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन २ गते  ११ बजे बस्ने भनिएको पार्टी स्थायी कमिटीको बैठक दिउँसाे ३:०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलका लागि समय अपुग भएको भन्दै बैठक केही घन्टा पर सारिएको हो । त्यसअघि ओली र प्रचण्डबीच छलफल हुने जनाइएको छ ।

विहीबार अध्यक्षद्वय र नेता माधव कुमार नेपालबीचको वार्ता पनि कुनै निष्कर्षमा नपुगि टुंगिएको थियो ।

प्रचण्ड नेता नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरिरहेका छन् तर ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । उनले स्थायी समिति बैठकको सामाना गर्ने जनाएका थिए ।

ओली इतर पक्षका नेताहरुले भने केन्द्रीय कमिटी बैठक बलाउने निर्णल स्थायी समिति बैठकबाट गराउने तयारीमा जुटेको स्रोतको भनाइ छ ।