नेपालीमाथि दुव्यर्वहार गरेको भिडियो बनाउने भारतीय पक्राउ

  • प्रकाशित मिति : २०७७ श्रावण ३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको अयोध्याबारेको विवादास्पद अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार गरेको भिडियो खिच्ने गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रहरीले सन्तोष पाण्डेय नामका ती युवकलाई पक्राउ गरेको हो।



प्रधानमन्त्री ओलीले दुई दिन अघि राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर भारतमा रहेका नेपालीमाथि ज्यादती गरिएको हो।

बनारसमा एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको छ।

उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ।

विश्व हिन्दु सेनाका अध्यक्ष विरुद्ध जोहरी दर्ता गरिएको भन्दै भारती प्रहरीले उनको खोजी कार्य जारी गरिएको बताएको छ।