विश्वभर एकै दिन २ लाख ४० हजार बढी कोरोना संक्रमित, कहाँ कति ?

  • प्रकाशित मिति : २०७७ श्रावण ३, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । विश्वभर एकै दिन २ लाख ४० हजार बढी कोरोना संक्रमित बनेका छन्। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ४० हजार ४०२ जना संक्रमित बनेका छन् भने ५ हजार ५ सय ५५ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ।

यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख ८९ हजार १८ जना संक्रमित बनेका छन् भने ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको छ।



कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७४ हजार ९ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् भने ९४६ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म ३७ लाख ७० हजार १२ जना संक्रमित बनेका छन् भने १ लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ३३ हजार ९ सय ५९ जना नयाँ संक्रमित बनेका छन् भने १ हजार १ सय १० जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख ४७ हजार ६९७ पुगेको छ भने ७७ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ८ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् भने ६७९ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म १० लाख ४० हजार ४५७ जना संक्रमित भएका छन् भने २६ हजार २ सय ८५ जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।