सप्तकोसीमा उर्लियो बाढी, कोसी ब्यारेजका ४८ ढोका खुल्ला

  • प्रकाशित मिति : २०७७ श्रावण ६, मंगलवार
  • नेपाल टेल संवाददाता

राजविराज । अविरल वर्षाका कारण सप्तकोसी नदीमा बाढी आएको छ। मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ।

कोसी ब्यारेज भएर भइरहेको यो बाढी यो वर्षको सबैभन्दा बढी हो। मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।



मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। कोसीमा पानीको अत्यधिक बहाब भएसँगै नजिकका बस्ती जलमग्न बनेका छन्।