काठमाडौँ । धादिङमा पहिराले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–६ गल्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुका डेढ वर्षीया छोरी रहेका छन्। बिहान चार बजेतिर पहिरो गएको हो। घटनाको जानकारी पाएपछि करिब साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो।
घटनास्थलबाट प्रहरीले ३ जनाको शव फेला परेको जनाएको छ।