काठमाडौं। सम्झनामा व्यक्ति होइन, विचार बाँच्दछ ।आजभन्दा झन्डै ४२/४३ वर्ष पहिले विपीले गरेको चिन्ता आज पनि उस्तै छ । हाम्रो विदेश नीति लगभग टोटल्ली फेल भएको छ ।
नेपाली राजनीति तथा आख्यान साहित्यका विराट विक्तित्व वीपी/विश्वेश्वरप्रसाद कोइलाको ३८ औँ स्मृति दिवसका सन्दर्भमा भावपूर्ण श्रद्दान्जली !!
“नेपालको एक्जिटेन्सको लागि पनि असंलग्न परराष्ट्र नीति अबलम्बन गर्नु परेको छ । तर, यो जुन असंलग्न परराष्ट्र नीति छ अहिले पोजेटिभ भएको छैन । इन्डियालाई केही कन्सिडर गर्ने बित्तिकै चीनलाई पनि कन्सिडर गरिदिनु पर्छ । इन्डियासँग कुरा गर्ने बित्तिकै चीन तर्सियो होला भनेर एउटा डेडिगेसन जानुपर्ने अवस्था छ । यो त कुनै स्वतन्त्रत राष्ट्रको जस्तो त भएन । असंलग्नजस्तै हुनुपर्यो । चीनलाई खुशी पार्ने हो कि इन्डियालाई खुशी पार्ने हो कि ? असंलग्न पोलिसी विकनेस जस्तो भएको छ । पोजिटिभ पोलिसी भएको छैन ।”
(विसं २०३५ माघ अन्त्यतिर उपचारको क्रममा लन्डन पुगेका वीपी कोइरालासँग विविसी नेपालीका पत्रकारद्वय मणि राणा र ध्रूवहरि अधिकारीले लिएको अन्तर्वार्ताबाट)