काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ३ हजार ७ सय ८९ जनामा गरिएको परीक्षणमा १०० जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
५ हजार ३ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेको उनले जानकारी दिए ।
१२ हजार ६ सय ८४ जनालाई कोरोना ठिक भएको उनले जानकारी दिए ।