काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमित हुनेको जम्मा संख्या १८ हजार २ सय ४१ जना पुगेको छ ।
आजको दिनमा देशभर कोरोना संक्रमित सक्रियको संख्या ५ हजार ३ हजार ५८ जना रहेको जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।