काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २१० जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २१० जना संक्रमित भएका हुन् ।
उनका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार २१ जना निको भएका छन् ।
आजसम्म १९ हजार सय ७३ जनामा संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए ।