काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घन्टामा भारत विश्वमै धेरै संक्रमित र मृतकको सूचीमा पहिलो स्थानमा पुगेको छ ।
भारतमा लगातार दोस्रो दिन विश्वमै सबैभन्दा धेरै नयाँ संक्रमित देखिएका छन् ।
भारतमा गत २४ घन्टामा ५० हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय १० जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ३ सय ३१ जना पुगेका छन् भने ज्यान गुमाउनेको संख्या ३८ हजार ९ सय ७१ पुगेका छन् । भारतमा हालसम्म १२ लाख ३० हजार ४ सय ४० जना उपचारपछि निको भएका छन् ।