काठमाडौं उपत्यकामा स्वाब संकलन गर्न तोकिए १४ अस्पताल

  • प्रकाशित मिति : २०७७ श्रावण २०, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सरकारले कोरोना भाइरसका सम्भावित संक्रमित तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गर्न काठमाडौं उपत्यकामा १४ वटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन गर्न केन्द्रका रुपमा तोकेको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्भावित संक्रमित, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिले त्यस्ता केन्द्रमा गएर आफ्नो स्वाब परीक्षण गराउन सक्ने छन् ।

यी वाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल तथा लेभल १, २ र ३ का कोडिभ अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जानकारी दिएको छ ।