काठमाडाैं । गत २४ घण्टामा २ लाख ५४ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २ सय ८८ जनाले ज्यान गुमाएका छन् ।
यससँगै हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ८६ लाख ९१ हजार ५ सय ९८ पुगेको छ भने कोरोनाेकै कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३ सय ७१ पुगेको छ ।
१ करोड १९ लाख ७ हजार ३०९ जना उपचारपछि निको भएका छन् ।
चीनको वुहानबाट सुरू भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा कूल संक्रमित ४९ लाख १८ हजार ६४ पुगेको छ । १ लाख ६० हजार २७२ जनाले ज्यान गुमाएका छन् ।
२४ घण्टामा मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको छ । २२ लाख ७६ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये १८ हजार ४०७ जनाको अवस्था गम्भीर छ ।
भारतमा एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ ।
संक्रमितमध्ये ८४९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार ८२० पुगेको छ । १२ लाख ८१ हजार ६६० जना उपचारपछि निको भएका छन् ।