काठमाडौं । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ ।
केही दिन अघि यही बाल गृह सञ्चालिका पुष्पा अधिकारीले बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भन्दै झुटो प्रचार गरेकी थिइन् ।
बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ ।
यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले बताइन् ।