आज थप ३ सय ६० जनामा कोरोना स‌ंक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण २२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।



डा गौतमका अनुसार आज २ सय ३३ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ जना पुगेको छ ।