शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।