काठमाडौं । रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन्।
https://youtu.be/tySm06RhmbY
नायिका पुजा शर्मा लाई लक्षित गर्दै सुवेदीले आफ्नो कार्यक्रममा ‘दाह्रा अनुसार’ भन्दै गरेको अपमानजनक टिप्पणीप्रति गरेका थिए।
जस विरुद्ध नायिका शर्माले विभिन्न निकायमा उजुरी समेत दिइसकेकी छिन्।
सर्वत्र आलोचना भएपछि सुवेदीले माफी मागेका हुन्।
आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतिकात्मक भएको भन्दै उनले कसैलाई चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भन्नै क्षमायाचना गरेका हुन्।
उनले ‘दाह्रा’ शब्द प्रयोग हुन गएकोमा गल्ती भएको भन्दै आगामी दिनमा शब्द चयनमा ध्यान दिने बताएका छन्।
‘म चुकेकै हो। मैले माफी माग्नै पर्छ। आगे यहाँहरुकै मर्जी।’ सुवदीले भने।