अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरु बन्द गर्ने निर्णय

  • प्रकाशित मिति : २०७७ श्रावण २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए । ‘यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो ।



स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।