धुलिखेल । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । प्रेमिका ऋचा न्यौपानेसँग निशान विवाह बन्धनमा बाँधिएका हुन् ।
उनले मंगलबार कानूनी रुपमा विवाह गरेका हुन् । भट्टराईले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा कानुनी विवाह गरेका हुन् ।
कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।
निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।