थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २४ हजार नाघ्यो

  • प्रकाशित मिति : २०७७ श्रावण २८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) का ४ सय ८४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशलामा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ४ सय ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।



गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ४ सय ४८ जनाको आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ४ सय ८४ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

हालसम्म १६ हजार ७ सय २८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ छ ।

नेपालमा हालसम्म आरटी पीसीआर विधिबाट ४ लाख ७३ हजार १ सय ७९ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै, हाल देशभर गरी १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा रहेका छन् ।