प्रदेश १ मा ११५ संक्रमित थपिए, विराटनगरमै ६० जना

  • प्रकाशित मिति : २०७७ श्रावण २९, बिहीबार
  • नेपाल टेल संवाददाता

विराटनगर । प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।



बिहीबार विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।