(तस्वीर सौजन्य : रामचन्द्र दुलाल)
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो गएको छ ।
पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।
शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार उक्त गाउँमा २२ घर छन् । ती सबै घर पुरिएको खबर आएपछि प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।
प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ ।
घटनाको थप जनाकारी आउन बाँकी छ ।