काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए

  • प्रकाशित मिति : २०७७ आश्विन ८, बिहीबार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा भने १४ सय ९७ जना संक्रमित भेटिएका छन् ।