शनिबार काठमाडौं उपत्यकाका ५ ठाउँमा बिजुली जाने

  • प्रकाशित मिति : २०७७ आश्विन १०, शनिबार
  • nepaltale.com

काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार विशेष गरी ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ ।

प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ ।

शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।