गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ आश्विन १७, शनिबार
  • nepaltale.com

गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् ।

सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।