विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड पुग्न लाग्यो

  • प्रकाशित मिति : २०७७ कार्तिक २, आईतवार
  • nepaltale.com

काठमाडौं । विश्वमा कोराना संक्रमितको संख्या करिब ४ करोड पुग्न लागेको छ ।

वल्डोमितर्सको तथ्यांक अनुसार एकैदिन ३ लाख ७१ हजार २ सय ९१ जनामा संक्रमण देखिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ७ सय ३६ पुगेको हो ।

त्यस्तै विश्वमा एकैदिन ५ हजार ५ सय ५८ जना संक्रमितले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यसरी विश्वभर कोरोनाबाट ज्यन गुमाउनेको संख्या ११ लाख १४ हजार १ सय ८७ पुगेको छ ।

त्यस्तै विश्वभर दुई करोड ९८ लाख ७९ हजार ९ सय २० जना संक्रमित उपचारपछि निको भएका छन् ।