निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल

  • प्रकाशित मिति : २०७७ बैशाख १२, शुक्रबार
  • nepaltale.com

काठमाडाैं । नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्नुभएको छ ।

पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ ।