काठमाडौं । कोरोना संक्रमित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमणपछि हाल आइसोलेसनमा छन्।
https://twitter.com/brb1954/status/1327979460386115584?s=19
यसअघि दुई पटक स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
डा.भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्।