विश्वमा एकै दिन सात हजार २६० जनाको कोरोना संक्रमणबाट मृत्यु

  • प्रकाशित मिति : 2020-11-17
  • nepaltale.com

काठमाडौं।विश्वमा पछिल्लो २४ घण्टामै झण्डै पाँच लाख कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा चार लाख ९८ हजार आठ सय ८५ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।



कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर सात हजार २६० जनाको मृत्यु भएको छ ।

यस बीचमा सबैभन्दा धेरै अमेरिकामा सात सय १९ जनाले ज्यान गुमाएका छन् । संक्रमणदर पनि अमेरिकामै उच्च छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै एक लाख ५७ हजार भन्दा धेरैमा कोरोना पष्टि भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट १३ लाख ३१ हजार ६ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म विश्वभर पाँच करोड ५३ लाख ३४ हजार नौ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म एक लाख ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

त्यहाँ हिजो मात्रै चार सय ४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस बीचमा त्यहाँ २८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।