तीन हजारमा झर्‍यो पीसीआर टेष्ट, ५०२ मा संक्रमण पुष्टि

  • प्रकाशित मिति : 2020-11-17
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।



यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।