फिदिममा लकडाउन कायमै, ९ गते सम्म बजार पसल बन्द

  • प्रकाशित मिति : 2020-11-17
  • nepaltale.com

पाँचथर। फिदिम नगरपालिकाले लगाएको लकडाउलाई मङ्सिर ९ गते सम्म निरन्तरता दिँदै अत्यावस्यक सेवा तथा वस्तु ढुवानी र पूर्वधार विकास निर्माण कार्यबाहेक दुई पाङ्ग्रेसहित सबै सवारीसाधनमा रोकलाई निरन्तरता दिएको नगरबाट लिखित सूचनामा भनिएको छ ।

फिदिममा कोरोना संक्रमण बढेसँगै यातायातमा भने बाहिरीनु पर्ने भए साविक वमोजिम अनुमतिमा मात्र जान–आउन अनुरोध गरेको छ। दशै पछि पहिलो पटक १४ जना र पछिल्लो परिक्षणबाट थप १७ जनामा संक्रमण देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाहरु सहित एक सय ४ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको छ ।