पाँचथर। पाँचथरको हिलिहाङ गाउपालिका ५ साविक शुभाङमा गए राति एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
गएराती करिव १ बजे तिर धनबहादुर उभरकोटीले आफ्नै पत्नी दुर्गामाँया पुर्कुटीको हत्या गरेका हुन । श्रीमती दुर्गामायालाई सुतेको ठाँउमा करिब धनबहादुरले बन्चरो प्रहार गरि हत्या गरेको स्थानीय धनपति उभरकोटीले जानकारी दिनुभयो ।
हत्यापछि धनबहादु फरार रहेको बताइएको छ । राति घरमा सुतेको समयमा मादक पदार्थसेवनका कारण हत्या गरिएको हुन सक्ने बताइएको छ ।
हत्यामा संलग्नलाइ जोरपोखरी प्रहरी चौकी, अमरपुर इलाका प्रहरी, गोपेटार प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाको टोलि घटनास्थल पुगि पीडकको खोजिकार्य जारी राखेको छ ।
घटनास्थल एकान्त ठाउमा रहेको साँथै घटना राती १ बजे मृत्यु को घटना थाहा भएको जनाउदै डिएसपी थापाले आफ्नो कमाण्डमा टोलीले खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो ।