एमडी/एमएसको नतिजा सार्वजनिक

  • प्रकाशित मिति : 2021-01-07
  • nepaltale.com

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा सार्वजनिक गरेको हो।

आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन्। सहभागी परीक्षार्थी उत्तीर्ण हुने परीक्षार्थी ५४.९८ प्रतिशत रहेका छन् ।



परीक्षामा ५ हजार ५६८ जनाले परीक्षा फारम भरेकोमा ३३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन्। परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन्।