अक्षय कुमार पाचौँ पटक मुस्लिम भूमिका निभाउँदै : अतरंगी

  • प्रकाशित मिति : २०७७ पुष २४, शुक्रबार
  • nepaltale.com

एजेन्सी। फिल्म उद्योगमा ३० वर्ष काम गरिसकेका अभिनेता अक्षय कुमार पाचौँ पटक मुस्लिम भूमिकामा देखिने भएका छन् ।

अहिलेसम्म उनले मुस्लमान भूमिकामा ‘एन्सान’ , ‘वान्स अपन टाइम इन मुम्बई’, ‘ढिशुम’, ‘लक्ष्मी’ लगायतको फिल्ममा काम गरिसकेका छन् । तर फिल्म लक्ष्मीको भूमिकामा उनलाई लभ जेहादलाई प्रोत्साहन गरेको आरोप लागेको थियो ।

जसको कारण फिल्म हलमा रिलिज भएन । अब एकपटक अक्षयकुमार एक पटक फिल्म ‘अतरंगी’ मा मुस्लिमको भूमिकामा देखिनेछन् । भारतीय मिडियाले जनाए अनुसार अक्षय कुमार यस फिल्ममा सज्जाद अलीको भूमिकामा छन् ।

फिल्ममा अक्षय कुमार र धनुषको साथमा सारा अली खानले स्क्रिन सेयर गर्नेछिन् । यस फिल्ममलाई आन्नद एल रायले निर्देशन गदैछन् । फिल्ममा संगीत ए.आर रहमानको हुने छ । फिल्मलाई हिमांशु शर्माले लेखेका हुन् ।