आज देशैभर सार्वजनिक विदा

  • प्रकाशित मिति : 2021-01-14
  • nepaltale.com

काठमाडौं । सरकराले आज सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जानकारी गराएको छ ।



सरकारले आज नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।