दोस्रो विवाह गर्दै अञ्जु पन्त, हुनेवाला श्रीमानको तस्विर सार्वजनिक

  • प्रकाशित मिति : २०७७ माघ २२, बिहीबार
  • nepaltale.com

काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाँधिने भएकी छन्।

बिहिबार उनका हुनेवाला पति थिर कोइरालाले आफूहरु सम्बन्धमा रहेको बताउँदै तस्विर सेयर गरेका छन्।

इलाम घर भएका कोइराला गीतकार हुन। दुवै जना सँगै रहेको तस्विर सेयर गर्दै आफूहरू चाँडै विवाह बन्धनमा बाँधिन लागेको कोइरालाले उल्लेख गरेका छन्। तर, विवाह कहिले हुने भन्ने अझै तय भइनसकेको उनले बताएका छन्।

करिब ३ वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा छन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्।

छोरीकै आग्रहमा गायिका अञ्जुले विवाह गर्न लागेको बताइएको छ।