काठमाडौं । मौसममा आएको बदलीसँगै शुक्रबार दिउँसो काठमाडौंको आकाश तुवाँलोले ढाकिएको छ ।
तुवाँलोका कारण भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी नपुगेका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । ‘भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ कर्णले भने ।
अवस्थामा सुधार नआए काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने कर्णले बताए ।