काठमाडौँ, बैशाख १३। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० फैलिएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार १७४ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार ६१६ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २४५ पुगेको छ भने २८ लाख ३० हजार ३८ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने ३८ हजार ७ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या केही दिन यताकै उच्च हो। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार १८५ पुगेको छ भने ९ लाख २५ हजार ३८ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा यूकेमा ७ सय ६८ जनाको मृत्यु भएको छ भने ५ लाख ३ हजार ८६ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै यूकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ५०६ पुगेको छ भने १ लाख ४३ हजार ४६४ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ हजार ७४० जना, इटलीमा ३ हजार २१ जना, फ्रान्समा १ हजार ६४५ जना, रुसमा ५ हजार ८४९ जना, ब्राजिलमा ३ हजार ५०३ जना, इक्वेडरमा ११ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन्।