मलाई गद्दार भन्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें: प्रचण्ड

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • nepaltale.com

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेतालाई संरक्षण गरेर धोका पाएको बताएका छन् ।

रुकुममा आयोजित आमसभामा उनले जनयुद्धका उपलब्धीमाथि षडयन्त्र जारी रहेको बताएका छन्।

‘७० को निर्वाचनमा बम प्रहार गरे । म केही सेकेन्डले बाँचेको थिए । मलाई गद्दार भन्नेलाई गृहमन्त्री बनाए । केही नभएकालाई स्थायी समितिको सदस्य बनाएर पार्टीमा स्थापित गराएँ । त्यो गल्ती गरे भन्ने ठानेको छु,’ प्रचण्डले भने,‘हेडक्वाटरमा बसेर घेराउ हाल्नेहरूका कारण हिजो जनयुद्धमा योगदान गर्नेहरू ओझेलमा परें । अब म त्यसो हुन दिन्नँ ।’

‘म रूकुमका जनतासँग थोरै आत्मआलोचना गर्छु । जनताका अघि गरेका बाचा कबुल विर्सने छैन । देश र जनताप्रति दायाँवायाँ त गरिनँ । गर्न पनि सक्दिनँ,’ प्रचण्डले भने,‘जस्तोसुकै अप्ठ्यारो पर्दा पनि बचाउन खोज्ने ओझेलमा परेको र जाली फटाहाहरू माथिमाथि आएका छन् । अब जनयुद्धमा योगदान गरेकालाई साथमा लिएर अघि बढ्छु । थोरै समय काठमाडौं धेरै समय जनताको घरमा रहन्छु ।’