विप्लव समूहमाथि निगरानी राख्नुपर्छ : गृहमन्त्री थापा

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • nepaltale.com

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएपनि अझै हतियार नबुझाएको बताए।

हतियार लुकाएको आशंका गर्दै गृहमन्त्री थापाले सो समूहमाथि निगरानी बढाउनुपर्ने बताएका हुन।

उनले मुलधार बाहिरका शक्तिलाई नियन्त्रणमा गर्न राज्यले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ को दुई नीति लिएकामा त्यो सफल भएको दाबी गरे। उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सिके राउतले उत्पन्न गरेका सुरक्षा चुनौती प्रमुख विषय हुन्थे । यसपटकको गोष्ठीसम्म आइपुग्दा ती विषय गौण बन्न पुगे । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्यायौँ, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्यौँ।’