बाग्लुङ । स्थानियको चौतर्फी बिरोध पश्चात झोलुंगे पुल प्रयोग गरेबापत लगाईएको कर अन्ततः बाग्लुङ नगरपालिकाले हटाएको छ । आज (बिहिबार)एक सुचना जारी गर्दै बाग्लुङ नगरपालिकाले बाग्लुंङ पर्वत जोड्ने बांगेचौर अदुवाबारी झोलुंगे पुलमा लगाउँदै आएको २० रुपैया कर हटाएको हो ।
नगरपालिकाले सर्वसाधारणले प्रयोग गरेबापत २० रुपैयाँ जेष्ठ नागरिक अपाङ्ग तथा विद्यार्थी का लागि १० रुपैयाँ तथा बिदेशी नागरिक का लागि ५० रुपैयाँ तय गरेको थियो । संघीय सरकारको योजना र लगानीमा बनेको उक्त बिश्वकै लामो झोलुंगे पुल भनेर दाबी गरिदै आएको छ ।