हवाई उडान जेठ २ सम्म स्थगित, लकडाउनबारे सरकारले निर्णय गर्ने

  • प्रकाशित मिति : २०७७ बैशाख १३, शनिबार
  • nepaltale.com

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आगामी जेठ २ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २१ औं बैठकले आगामी जेठ २ अर्थात मे १५ सम्म हवाई सेवा स्थगित गर्ने निर्णय गरेको हो।

उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण बिडारीले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान मे १५ सम्म पुनः लम्ब्याउने निर्णय गरिएको बताउनुभयो। समितिको निर्णय सरकारले अघि बढाउने उहाँले बताउनुभयो।

लकडाउन थप गर्ने वा के गर्ने भन्ने विषयमा समितिले आवश्यक सिफारिस सरकारलाई गरेको र निर्णयको रुपमा मन्त्रिपरिषद्ले गर्ने बिडारीले बताउनुभयो।

समितिले लकडाउनको १ महिना २ दिनको समीक्षा गर्दै कोरोना संक्रमणमा लकडाउनको विधि उपलब्धिमूलक भएको उहाँले बताउनुभयो।