उर्लाबारीका मेयर फागोविरुद्ध अभद्र व्यवहारमा मुद्दा

  • प्रकाशित मिति : २०७८ बैशाख १७, शुक्रबार
  • nepaltale.com

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका मेयर खड्गबहादुर फागो विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।

मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।

उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र
गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ ।
‘उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका बेला भण्डारीलाई मेयरसहितको टिमले नगरपालिका कार्यालयमा नै कुटपिट गरेको दाबी गदै आएका छन् । तर पीडित भनिएका भण्डारीलाई नै उल्टै मेयर फागोले इलाका प्रहरी कर्याालय उर्लाबारीमा अभद्र व्यवहारमा मुद्दा चलाएका थिए ।
चौध दिन हिरासतमा बसी तीन हजार धरौटीमा छुटे लगतै बस्नेतले मेयर फागो र उनका भतिजोलाई उस्तै कसुरमा जाहेरी दिएका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले फागोद्वयको विरुद्धमा जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दरखास्त दिएको पीडित बस्नेतले बताए ।

उर्लाबारी–५ का खड्गबहादुर फागो र दुर्गाबहादुर फागोलाई प्रतिवादी बनाई नारायण बस्नेतले दिएको उजुरी इप्रका उर्लाबारीमा पठाइएको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए । तर, इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले आफुहरुले जाहेरी आइपुग्यो÷आइपुगेन भनेर बताउन नमिल्ने जानकारी दिए ।