उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गरिदै

  • प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार
  • nepaltale.com

काठमाडौ। हाल जारी निषेधाज्ञालाई थप कडाइ गर्ने बारेमा निर्णय लिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

विहिबारदेखि लागु भएको निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्णय गरिने जानकारी उनीहरुले दिएका छन् । बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय संचालन गर्दा भीड बढेको भन्दै यी क्षेत्रलाई पनि नियमन गर्ने निष्कर्ष उनीहरुको छ ।

सरकारी कर्मचारीको संख्या कटौती गर्ने र बैंक तथा वित्तिक संस्थामा एक चौंथाइ कर्मचारीले मात्र संचालन अनुमति दिने गरि निर्णय गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले दिए ।

प्रेस पासको हकमा अहिले सम्बन्धित संचारमाध्यमको परिचयपत्रलाई अनुमति दिइएपनि सूचना विभागकै पासलार्ई अनिवार्य गर्ने बारेमा पनि छलफल भैरहेको उनले जनाए ।