हेर्नुहोस् बैसाख १९ गते देखि २५ गतेसम्मको साप्ताहिक राशिफल

  • प्रकाशित मिति : २०७८ बैशाख १९, आईतवार
  • nepaltale.com

मेष – नयाँ काममा लगानीको योजना बन्नेछ । नोकरी रोजगारीमा फाइदा मिल्नेछ । नयाँ जागिरको सम्भावना प्रबल रहेको छ । आम्दामी बढ्ने एवम कृषि, पशुचौपायाबाट राम्रो आम्दानी हुनेछ । पारिवारिक स्वास्थ्यमा भने समस्या आउने एवम् जीवन साथीसँगको सम्बन्ध सामान्य धमिलो हुनेछ । धर्मकर्ममा भने रुचि एवम् सामाजिक क्षेत्रमा पहिचान बन्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवम् सानो यात्राको योग बन्नेछ।

वृष – पुरानो थाती रहेको काम सुचारु हुनेछ । धार्मिक एवं परोपकार र सामुहिक कार्यमा संलग्नता बढ्नेछ । विदेशबाट फाइदा अधुरा काम सुचारु हुनेछ । राजनीतिक लाभ मिल्ने एवम ठुलाबडाको साथ रहनेछ । आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । प्रेममा भने सामान्य भनाभन एवम् बोलीबचनको कारणले मित्रता टुट्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा भने जित मिल्नेछ । मित्रहरुको साथले अप्ठेरो कामबाट छुट्कारा मिल्नेछ ।

मिथुन– साताको सुरुमा स्वास्थ्यमा गडबडी एवम् काममा बाधा आउनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् बिगार्नेहरु अघि सर्नेछन् । साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम् धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ । सन्तानको स्वास्थ्यमा गडबडी एवम् प्रेममा किचलो हुनेछ । साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवम् नोकरी, रोजगारी क्षेत्रमा अवसर मिल्नेछ ।

कर्कट – साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम पारिवारिक सहयोगले अधुरा काम बन्नेछ । साताको मध्यमा भने रोकावट एवम बाधाको सामना गर्नुपर्नेछ । अपजस मिल्न सक्ने एवम स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ । अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम सामाजिक प्रतिष्ठा मिल्नेछ ।

सिंह – मनोरन्जनमा बढी ध्यान जानेछ । घरभित्रको काममा प्रगति मिल्ने एवं साझेदारी लगानीमा फाइदा आउन थाल्नेछ । प्रतिस्पर्धा एवम् खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् विपक्षीसँग जित मिल्नेछ । प्रेममा प्रगति एवम् वैवाहिक कुरा अघि बढ्नेछ । व्यावसायिक यात्रा हुने एवम् लगानीमा फाइदा मिल्नेछ । सन्तानको सहयोग एवम् प्रगति हुनेछ । विद्याध्ययन एवम् शैक्षिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । पाचन गडबडीले सामान्य स्वास्थ्यमा बाधा रहन्छ ।

कन्या – अचानक धनको सुख मिल्नेछ । कला संगीतको पाटो बलियो एवं आम्दामी मूलक रहनेछ । अध्ययनमा प्रगति देखिन्छ । सन्तानको सहयोग बढ्ने एवम् मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम् कृषि व्यवसायमा धनआर्जन हुनेछ । साताको मध्यमा भने वादविवाद हुन सक्ने एवम् घरायसीे काममा प्रगति मिल्नेछ । खेलकुदमा भने प्रगति मिल्ने एवम् जीवन साथीको सहयोगले व्यवसायमा राहत हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवम् आफन्त भित्रमा धनको विवाद बढ्नेछ ।

तुला– चिसोको कारणले स्वास्थ्यमा बाधा आउनेछ । काममा झमेला आउने एवं मानसिक चिन्ता थपिनेछ । घरायसी सल्लाह नमिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम् व्यर्थ झगडा हुनेछ । साताको मध्यमा भने व्यापारमा लाभ एवम् व्यवसायबाट सन्तुष्टि मिल्नेछ । सन्ततीको सुख बढ्ने एवम् विरोधीसँग सहकार्य हुनेछ । दाँतको समस्या एवम् नाक, कान घाँटीको समस्या हुनेछ । दाजुभाइमा सामान्य कलह एवम् पारिवारिक दूरी बढ्नेछ ।

वृश्चिक- नयाँ योजनामा जोस जागर बढ्नेछ । कृषि एवं पशुचौपायाबाट आम्दामी हुनेछ । विदेशको काम बन्ने एवं आफन्तको सहयोगले धनको कारोवारमा सजिलो हुनेछ । छोटो यात्राको सुख मिल्नेछ । दाजुभाइ एवम् आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने, स्वास्थ्यमा समस्या आउने एवम् घरायसी विवाद निम्तिनेछ । स्वास्थ्यमा समस्या एवम् यात्रामा बढी खर्च हुनेछ । बोली बचनको प्रभावले भने ठुलाबडासँग राम्रो प्रभाव पर्नेछ । आम्दानी बढ्नाले पुराना व्यवहार मिल्नेछ ।

धनु – बोली वचनले राम्रो प्रभाव पार्नेछ । भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ । धन आर्जनको श्रोत खुल्ने एवम् आफन्तबाट धनको सहयोग मिल्नेछ । शैक्षिक एवम् सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम् मानसम्मानको योग देखिन्छ । साताको अन्त्यमा भने घरायसी विवादमा परिने एवम् मित्रबाट सामान्य धोका हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् शीर दर्दको योग देखिन्छ । पारिवारिक सदस्यको स्वास्थ्यमा बाधा हुन सक्नेछ ।

मकर – सवारी सुख एवं सुखसयलमा बढी मन जानेछ । प्रेममा प्रगति हुनेछ । मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम् मनोरञ्जनमा खर्च हुनेछ । व्यापारमा भने राम्रो आम्दानी हुनेछ। भोजभतेरमा सहभागिता मिल्ने एवम् माइती मावलीबाट धनको सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा खर्च बढ्ने एवम् यात्रामा शारीरिक कष्ट हुनेछ । पितृपक्षबाट सहयोग मिल्ने तथा उच्च व्यक्तिहरुबाट सद्भाव मिल्नेछ।

कुम्भ – यात्रामा धनको खर्च हुनेछ । अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक झमेला हुनेछ । यात्रामा समस्या पर्ने एवम् सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ । शैक्षिक क्षेत्र एवम् होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जागिर एवम् रोजगारीमा भने प्रगति एवम् ठुलाबडाको साथ मिल्नेछ । सन्तानको प्रगति एवम् आम्दानीको स्तर बढ्नाले पुराना काममा सफलता मिल्नेछ ।

मीन – साताको सुरुमा कृषि व्यवसायबाट आम्दानी हुनेछ । महिलावर्गबाट सहयोग एवम् कृषि तथा माटोको व्यवसायमा धन आर्जन हुनेछ । साताको मध्यमा भने सामान्य खर्च बढ्ने एवम् यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ। खानपीनको कारणले समस्या आउने तथा बोली वचनको कारणले मित्रता टुट्नेछ । रिसको आवेगमा धन क्षति हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम नयाँ योजनामा लगानी हुनेछ ।