एकैदिन ७ हजार ४४८ कोरोना संक्रमित थपिए, ३७ जनाको मृत्यु

  • प्रकाशित मिति : 2021-05-03
  • nepaltale.com

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ७४४८ कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौं उपत्यकामा मात्रै फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।



मन्त्रालयका अनुसार सो अवधिमा थप ३७ जनाको कोभिडसम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

सोमवार पुष्टि भएका सङ्क्रमितहरू १६,६५८ पीसीआर र ५१८ एन्टिजन परीक्षण गर्दा पहिचान भएका हुन्।

सङ्क्रमण र मृत्यु दुवै नेपालमा हालसम्मको सर्वाधिक सङ्ख्या हो।

सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयले आइतवार अपराह्ण २४ घण्टाको अवधिमा ७,२११ सङ्क्रमित थपिएको जनाएको थियो।