वेबसाईट चलाउनेलाई सुझाव !

  • प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार
  • nepaltale.com

काठमाडौं। भवेश कट्टेल अहिले शंकरदेव क्याम्पसमा बिआइएममा अध्यनरत छन् ।  हाल कट्टेल इपिक आइडियाजमा कन्टेन्ट कृएटरको भुमिकामा कार्यरत छन् । उनी वेबसाईट चलाउनेहरुलाई के सल्लाह दिन्छन् त !

मैले शुरु गरेको आइटी करिअरमा सबै भन्दा समस्या भोगेको क्षेत्र भनेको वेब होस्टिंग हो  । होस्टिंग कम्पनि राम्रो छान्न नसक्दा र सर्भर सम्बन्धि ज्ञान कम हुनाले वेबसाइट लाईभ  भएपछी थुप्रै समस्या हुन्छ ।

यदी तपाइँ पनि कुनै वेब संचालन गरिरहनु भएको छ भने साइट बन्द हुने, ह्याक हुने, इमेल नचल्ने, एरर म्यासेज आउने,स्पेस सकिने, ब्याण्ड विड्थ सकिने  आदि समस्या पक्कै पनि भोग्नु भएको होला ।

तपाइँ वेब डेभलपर नै भए पनि यी समस्याको समाधान आफै गर्न सक्नुहुन्छ भन्ने  छैन  । कतिपय समस्या सर्भरसँग सम्बन्धित हुन्छन् जसका लागि तपाइँलाई त्यसको बिशेष ज्ञान हुनु आवश्यक पर्छ  ।

यस्तो परिस्थितिमा सर्भर कम्पनिको सपोर्ट नपाए समस्या समाधान हुन गाह्रो हुन्छ । र,जसको कारणले  तपाइको पेशा नै धरापमा पर्न सक्छ । तपाइँको पेशागत दक्षतामाथि  प्रश्न  चिन्ह खडा हुन्छ । यहाँ केहि बुदाँ छन् जसले तपाईलाई राम्रो र आफ्नो साइटको लागि सुहाउदो होस्टिंग छान्न सहयोग गर्ने छ ।

मूल्य
तपाइँको साइटको योजना अनुसार कति मूल्यसम्मको होस्टिंग किन्ने भन्ने कुरा मुख्य बिषय हो ।  अझ नेपालमा बसेर काम गर्नेका लागि  अझ महत्वपूर्ण हुन्छ । पहिलो कुरा पैसा तिर्ने सजिलो नहुनाले  र  दोश्रो कुरा डलरमा तिर्नुपर्ने हुनाले सानो साईट बनाउनेका लागि महँगो हुन जान्छ ।तपाइँ  ठूलो काम गर्नु हुदैन भने नेपालामा रिसेलर होस्टिंग उपलब्ध गराउने धेरै कम्पनि पनि छन् । जसबाट सजिलै काम लिन सक्नुहुन्छ ।  यदि तपाईंले सिधै मुख्य  होस्टिंग कम्पनि बाट नै लिने सोच बनाउनु भएको छ भने होस्ट गेटर, जस्ट होस्ट , ब्लु होस्ट, गो ड्याडी जस्ता कम्पनिहरुबाट पनि सस्तोमा लिन सक्नुुहुन्छ । तर, सस्तोमा भेटियो भन्दैमा त्यसैलाई विश्वास चाही नगर्नुहोला । खरिद गर्दा निम्न कुराहरुलाई ध्यान राख्नु आवश्यक  छ ।

स्टोरेज क्षमता
स्टोरेज क्षमता महत्वपूर्ण कुरा हो । सस्तो होस्टिंग भनेर किन्यो तर फाइललाई राख्न ठाँउ नपुग्नाले ठूलो समस्या हुन्छ । त्यसैले बनाउन लागेका वेबसाइट र डाटाबेसको साइजको अनुमान गरेर मात्र होस्टिंग चयन गर्नुपर्छ ।भविष्यमा बढ्न सक्ने आकारलाई पनि नजर अन्दाज भने गर्न मिल्दैन । कति कम्पनिले अनलिमिटेड स्पेस उपलब्ध गराउने उल्लेख गरेका पनि छन् । तपाईको आवश्यकता र तिनीहरुले उपलब्ध गराउने अरु विशेषताको आधारमा छान्नुपर्छ ।

डोमेन र सब डोमेन  संख्या
कति होस्टिङ एकाउन्टमा तपाईलाई डोमेन र सब–डोमेनको लागि सिमित पारिएको हुन्छ । यदि तपाइँको होस्टिङ स्पेस अनलिमिटेड छ तर डोमेन संख्या १ मात्र छ भने त्यसले कुनै अर्थ दिदैंन ।त्यसैले  स्पेससंगै कति वटा डोमेनलाई त्यसले सपोर्ट गर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । यदि तपाइँलाई असिमित सब डोमेन बनाउनु पर्ने छ भने त्यसको सिमिततालाई पनि हेर्नुपर्छ ।

ब्याण्ड विड्थ
यो तपाइँको वेबसाइट को पपुलारिटी र त्यसमा तपाईंले राख्नु भएको डाटाको साइजमा भर पर्छ । यदिस ाइटमा तस्बिर र भिडियो छ तर व्याण्ड विड्थ भने सिमित छ भने निश्चित भिजिटपछि साइट बन्द हुन्छ । जुन महिनाको आधारमा तोकिएको हुन्छ । सस्तो होस्टिङ लिदाँ भोग्ने गरेको समस्या मध्य यो पनि एक हो ।

टेक सपोर्ट
टेक सपोर्ट अर्को सबै भन्दा महत्वपूर्ण कुरा हो । आइटी क्षेत्र मै काम गरे पनि यसका सम्पूर्ण विषयमा विज्ञ हुन सकिदैन । वेबसाइटमा देख्दै नदेखेको र सुन्दै नसुनेको समस्या आइपर्छन्, जुन आफूले लेखेको कोडसँग सम्बन्धित हुदैन । कहिले साइट ह्याक हुन सक्छ ।  सम्पूर्ण इमेल डिलिट हुन सक्छन् । समस्या देखिएको समयमा पार लगाउने भनेको भनेको सर्भर सपोर्ट टिम नै हो ।कति कम्पनिको राम्रो सपोर्ट हुन्छ,कतिको ढिलो सुस्त ढिलो  र सुस्त । जुन कुरा अनलाईनमा अरुको रिभ्यु पढ्नु पर्छ र रिसर्च गर्नु पर्ने हुन्छ । कतिपय कम्पनिले त लाईभ च्याटको पनि व्यवस्था  गरेका हुन्छन् । अर्को कुरा उनीहरुको सपोर्ट अमेरिकामा छ र उनीहरुले  सपोर्ट कार्यालय समयमा मात्र गर्छ भने तपाईलाई समयको फरकले पनि समस्यामा पार्न सक्छ ।

 प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट
तपाइँले होस्टिङ छान्नुअघि कम्पनिले कुन कुन प्रोग्रामिङ्ग ल्याङ्गवेज सपोर्ट गर्छ ध्यान दिनु पर्ने हुन्छ । हुन सक्छ तपाईले बनाउनुभएको बनाउनु भएको साइट पीएचपी मा छ, तर भविष्यमा अर्को ल्याङ्गवेजमा गर्नु पर्ने भयो वा अर्को ल्याङ्ग्वेजको साइट होस्ट गर्नु पर्ने भो भने पुनः अर्को होस्टिंग किन्नु नपरोस ।

डाटाबेस सपोर्ट
आजकल धेरै  वेबसाइट ‘ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम’ प्रयोग गरेर बनाइएका हुन्छन् । तपाइले होस्टिङ किन्नु अघि साइटको डाटाबेस र त्यो कम्पनिले उपलब्ध गराउने गराउने अन्य डाटाबेस सपोर्टलाई पनि ध्यान दिनु पर्ने हुन्छ ।

इमेल एकाउन्ट
प्राय सबै होस्टिंगले ईमेल एकाउन्टको सुविधा दिएकै हुन्छन् ।  तर,कति वटासम्म ईमेल बनाउन मिल्छ र त्यसका लागि कति स्पेस उपलब्ध छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । र, तिनिहरुको आफ्नो ईमेल इन्टरफेस छ कि छैन भन्ने कुरा पनि  चेक  गर्नु पर्छ ।  नत्र पछि इमेल प्रयोग गर्न  असुविधा हुन सक्छ । त्यस्तै गुगललको एप्स सपोर्ट गर्छ कि गर्दै भन्ने कुरा पनि बुझ्नु पर्छ । स्पाम इमेलको समाधान गर्छ कि गर्दैन हेर्नु पर्ने हुन्छ ।

अन्य फ्रेमवर्क र एप्लिकेसन सर्पोट  
आजकल कति होस्टिङ कम्पनिले  एक क्लिक मै वर्डप्रेस, जुम्ला जस्ता पपुलर ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सिस्टम इन्स्टल हुने  सुबिधा उपलब्ध गराउछन्  ।यदि फ्रेमवर्क प्रयोग गर्नुहुन्छ भने पक्कै पनि यसले सजिलो  बनाउन सक्छ । साथसाथै अन्य फोरम, बुलेटिन, इकमर्स सोलुसनहरु पनि उपलब्ध गराएको गराएका हुन्छन्  । जसले गर्दा तपाईले एक क्लिक मै आफ्नो सपिङ्ग साइट, डिस्कसन फोरमहरु इन्स्टल गर्न सक्नुहुन्छ ।

साइट ब्याकअप
यदि साइट ह्याक भयो, सम्पूर्ण डाटा भुलबस डिलिट भयो भयो वा अन्य केहि समस्या देखियो र त्यसलाई समाधान गर्न सकिएन भने त्यो परिस्थितिमा पुरानो ब्याक अपबाट साइटलाई रिस्टोर  गर्नुपर्ने हुन्छ ।ब्याकअप प्लानकोबारेमा होस्टिंग कम्पनिको आफ्नो  नियम हुन्छ जुन तपाइँले होस्टिङ किन्नु अघि नै  विचार  पुर्याउनु पर्ने हुन्छ । यदि होस्टिङ कम्पनिले आफै व्याक अप  सुबिधा छैन भने तपाइँले आफै  नियमित व्याक अप गर्नु पर्ने हुन्छ । जसले तपाइँको डाटा हराउनबाट बचाउँछ । जसको लागि तपाईलाई सेस एक्सेस र क्रोन जव्सको आवश्यकता पर्न सक्छ । जुन तपाइँको होस्टिंग कम्पनिले  सपोर्ट गर्नु पर्छ ।

अन्य सुबिधा
यी माथीका बुदाँको यदि तपाइँ एडभान्स प्रयोगकर्ता हुनुहुन्छ भने तपाइँलाई सेल एक्सेस, क्रोन जव्स, एचटिएक्सेस जस्ता कुराको पनि आवश्यकता पर्न सक्छ । जुन कुरा होस्टिङ  किन्नु अघि नै विचार पुर्याउनु पर्ने हुन्छ ।

साथसाथै सर्भरको हार्ड वयर, अपरेटिंग सिस्टम, अप टाइम, युजर इन्टरफेस, कन्ट्रोल  प्यानल, एफटिपी एक्सेस  जस्ता कुराहरुलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यी केहि साधारण कुराहरु थिए जुन कुरालाई तपाइँले मध्यनजर गरेर वेब होस्टिंग किन्नु भयो भने भविष्यमा आउन सक्ने साइटका समस्याहरु बाट केहि हदसम्म मुक्त हुनुहुने छ ।