काठमाडौं, बैशाख १४। ॐ असतोमा सद्गगमय नेपाल सन्तसमाजका अध्यक्ष स्वामी ज्ञाननन्द सरस्वतीबाट हस्ताक्षरित बिज्ञप्ति मार्फत हाल विश्वभर महामारिको रुपमा फैलि रहेको कोरोना भाइरस निवारण एवं विश्वशान्तिको लागि २०७७ साल बैशाख १६ गतेका दिन आध्य जगतगुरु शङ्कराचार्य एवं रामानुजाचार्यको जन्म जयन्तिको पावन अवसरमा लकडाउनको पुर्ण पालना गराउदै प्रत्येक मठ , मन्दिर एवं आ आफ्ना घर घरमा साझ ६:३० बजे एउटै समयमा शङख घन्ट बजाउदै सकेसम्म गाईको घ्यूमा नभए तेलको बत्त्ति बाली आह्वान गरिएको छ ।
महामारिको प्रकोपको निराकरणको कामना गर्न आव्हान भएकाले यस्तो पबित्र र महान कार्यमा एकताबद्धता जनाउदै सोहिअनुसार सम्पुर्ण ओमकार परिवार एवं अन्य सबै धर्मावलम्बि नेपाली परिवारलाई हार्दिक अपिल गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनले जनाएको छ ।
त्यो दिन दैविक महापुरुषको जन्मदिन मात्र नभइ काममा सुरक्षा र स्वास्थका लागि बिश्व दिवश समेत पर्न गएकोले सबैले सबैलाई यो सूचना गरि गराई देशभर दिप प्रज्वलन गर्न नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दिपक प्रकाश बाँसकोटाले बताउनु भयो ।