साँझ ५ बजेका लागि सर्यो मन्त्रिपरिषद् बैठक

  • प्रकाशित मिति : २०७७ बैशाख १४, आईतवार
  • nepaltale.com

काठमाडौं । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेका लागि बोलाउनुभएकाे आजको बैठकले लकडाउनबारे निर्णय गर्ने बताइएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको थियो ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन लगायत बिषयमा सरकारलाई सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्मा बिभिन्न मन्त्रालयका सचिव र सुरक्षाअधिकारी सम्मिलित कार्यदल गठन गरेको थियो ।